
११ फागुन, काठमाडौं । चोटका कारण बर्नलीसँगको प्रिमियर लिग खेल अनिश्चित भएको समयमा टोटनह्यामका प्रशिक्षक एन्टोनियो कोन्टेले ठट्टा गर्दै एउटा मात्र खुट्टा भएपनि आफूलाई ह्यारी केनको आवश्यकता रहने बताएका छन् ।
म्यानचेस्टर सिटीमाथि ३-२ गोलअन्तरको जितका क्रममा केनलाई ढाडमा चोट लागेको थियो । केनले सो खेलमा २ गोल गरेका थिए र टोटनह्यामले सिटीमाथि नियन्त्रण जमाएको थियो ।
चोटका बाबजुद केनले बुधबार बर्नलीसँगको खेल खेल्ने अपेक्षा छ किनभने टोटनह्यामसँग उनलाई प्रतिस्पथापन गर्ने खेलाडीको अभाव भएको छ ।
‘ह्यारीले टिममा उनको आवश्यकता राम्ररी बुझेका छन् । उनको व्यक्तित्व र अनुभव टिमका लागि जरुरी छ,’ कोन्टेले भने, ‘तर मैले मजाक गरिरहेको छु । चोटग्रस्त कुनै पनि खेलाडीलाई जवर्जस्ती खेल्न बाध्य पार्ने प्रबृत्तिको म विरोध गर्छु । मैले खेलाडीको महत्व दर्साउनका लागिमात्र यी कुरा भनिरहेको छु ।’ एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4