+
+
Shares

मौद्रिक नीति समीक्षा प्रशंसनीय : सीबीफीन 

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १६:२६
सीबीफीनका अध्यक्ष पवनकुमार गाेल्यान

११ फागुन, काठमाडौं । बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुको संस्था बैंकर्स परिसंघ (सीबीफीन) ले नेपाल राष्ट्र बैंकले गरेको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको प्रशंसा गरेको छ ।

चालु आर्थिक वर्षका ल्याइएको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा जाने कर्जामा कडाइ गर्ने बताएको छ । सीबीफीनका प्रवक्ता भोजबहादुर शाहले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै मौद्रिक नीतिको समीक्षा, आत्मानिर्भर अर्थतन्त्र निर्माणतर्फ अग्रसर रहेको भन्दै प्रशंसा गरेका छन् ।

‘कोभिड–१९ ले मानवीय जीवन र आर्थिक गतिविधिहरुमा पारेको प्रभावको न्यूनीकरण गर्नका लागि वस्तुनिष्ठ अध्ययन तथा मूल्यांकनसहित आर्थिक एवं वित्तीय क्षेत्रको स्थायित्व कायम राख्दै समग्र अर्थतन्त्रको पुनरुत्थान गर्ने उद्देश्यसहित जारी मौद्रिक नीति ०७८/७९ को अर्धवार्षिक समीक्षा प्रतिवेदन समग्रमा प्रशंसनीय रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

सीबीफीनले पेश गरेको सुझावहरुलाई समेत मध्यनजर गर्दै वर्तमान चुनौतीहरुको न्यूनीकरण र आर्थिक पुनरुत्थानका लागि नेपाल राष्ट्र बैंकमार्फत अपनाइएका कतिपय मौद्रिक एवं वित्तीय कार्यदिशा एवं उपायहरुले सकारात्मक सन्देश प्रवाह गरेको सीबीफीनको बुझाइ छ ।

सीबीफीनले गरेको अध्ययन तथा अनुसन्धानका आधारमा बुझाइएका गहन सुझावहरु बमोजिम समग्र अर्थतन्त्रलाई दिगोरुपमा चलायमान बनाउनका लागि उत्पादनमूलक क्षेत्रमा प्रवाह हुने कर्जाको ब्याजदर अन्य क्षेत्रभन्दा कम हुने गरी कार्यान्वयनमा ल्याइने व्यवस्था गर्नु सकारात्मक रहेको बताएको छ।

यसैगरी विशेषज्ञताको आधारमा तोकिएका क्षेत्रअन्तर्गतका कृषि, ऊर्जा तथा लघु, घरेलु, साना एवम् मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमासम्बन्धी व्यवस्था पुनरावलोकन गरिने जस्ता सकारात्मक प्रावधानहरुले आयातमा भएको वृद्धिलाई न्यूनीकरण गर्दै विदेशी मुद्राको भुक्तानीमा सन्तुलन कायम गर्न र सवल एवं आत्मनिर्भर अर्थतन्त्रको निर्माणतर्फ नेपाल राष्ट्र बैंक उन्मुख रहेको संकेत गरेको भन्दै सीबीफीनले प्रशंसा गरेको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?