+
+

लोसपामा एमसीसीबारे निर्णय गर्ने अधिकार ठाकुरलाई

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन ११ गते १५:५९

११ फागुन, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले अमेरिकी सहयोग परियोजना एमसीसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ ।

लोसपा संसदीय दलको बुधबार बसेको बैठकमा अनुमोदनका लागि संसदमा टेबल भएको एमसीसीबारे छलफल भएको थियो । नेताहरुले एमसीसीकै पक्षमा मत राखेका छन्, तर निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दिइएको सांसद लक्ष्मणलाल कर्णले बताए ।

उनका अनुसार भोलि बिहीबार संसदको बैठकमा अनिवार्य उपस्थित हुन ह्वीप समेत जारी गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?