+
+

‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते ११:२५

१२ फागुन, काठमाडौं । चलचित्र ‘चिसो एस्ट्रे’को ट्रेलर सार्वजनिक भएको छ । बुधबार काठमाडौंको कुमारी हलमा कार्यक्रमको आयोजना गरी दिनेश पाल्पालीको निर्देशनमा बनेको यो चलचित्रको तीन मिनेट लामो ट्रेलर सार्वजनिक गरिएको हो ।

चलचित्रमा दिव्य देव, सृष्टि श्रेष्ठ, सुशील पाण्डे, निकुन श्रेष्ठ, नवीन लम्साल र रविन तामाङको मुख्य भूमिका छ । यो चलचित्र चैत ४ गतेबाट रिलिज हुँदैछ । यो चलचित्रको कथा भूपि शेरचनको लेखनबाट प्रभावित रहेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । गाउँबाट शहरमा आउने मानिसका सपना कसरी एस्ट्रेको चुरोटझैं निभ्दै जान्छ भन्ने कथालाई चलचित्रमा देखाइएको छ ।

चलचित्रका निर्माता महेशबाबु तिमल्सिनाले नेपालमा आफूले हेर्न चाहेको चलचित्र बनाउने अभिलाषाले निर्माणमा जोडिएको बताए । चलचित्रमा आफू गाउँबाट शहरमा आउने मदन नामक पात्रको भूमिकामा देखिएको कलाकार दिव्य देवले बताए ।

दिन्स पाल्पालीकै लेखन रहेको यो चलचित्रमा अजर जंगमको संगीत छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित चलचित्रलाई महेशबाबु तिमिल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेशबाबुलाई प्रवीण स्याङ्बा र सुस्मिता पराजुलीले सघाएका छन् ।

चलचित्रको सहनिर्मातामा भने रुपेश ढुंगाना, नवीन ढुंगाना र सुजन खतिवडा जोडिएका छन् । उज्जल बस्ताकोटीको छायांकन रहेको चलचित्रमा उज्ज्वल ढकालले सम्पादन र प्रशान्त रसाइलीले क्रिएटिभ हेडको जिम्मेवारी निर्वाह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?