+
+

‘विक्रम वेधा’मा सैफको यस्तो लुक्स

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १४:३२

१२ फागुन, काठमाडौं । सर्वाधिक चर्चामा रहेको साउथ चलचित्रको हिन्दी रिमेक ‘विक्रम वेधा’मा अभिनेता सैफअली खानको फस्टलुक सार्वजनिक गरिएको छ ।

जनवरीमा अभिनेता ऋतिक रोशनको जन्मदिनको अवसरमा उनको फस्टलुक सार्वजनिक गरिएको थियो । अब निर्माणपक्षले सैफअली खानको फस्टलुक रिलिज गरेको छ । चलचित्रमा सैफ ‘विक्रम’को भूमिकामा छन् । एक्सन क्राइम थ्रिलर जनरामा तयार भएको यो चलचित्रमा एक प्रहरी र एक ग्याङस्टारको कथा प्रस्तुत गरिएको छ । तमिल भाषामा तयार भएको यो चलचित्रमा आर माधवन र विजय सेतुपतिको मुख्य भूमिका थियो ।

गुल्सन कुमार, टी सिरिज र रिलायन्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई पुष्कर र गायत्रीले निर्देशन गरेका हुन् । चलचित्र यो वर्षको सेप्टेम्बर ३० मा रिलिज हुने तयारीमा छ ।

बलिउडमा साउथका थुप्रै हिट चलचित्रको धमाधम रिमेक भइरहेको छ । ऋतिक र सैफको यो चलचित्रले पनि बक्स अफिसमा धमाका मच्चाउने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?