
१२ फागुन, काठमाडौं । अभिनेत्री सृष्टि श्रेष्ठ लामो समयपछि सार्वजनिक कार्यक्रममा देखिइन् । बुधबार आफू अभिनित चलचित्र ‘चिसो एस्ट्रे’को पत्रकार सम्मेलनमा उपस्थित भएकी सृष्टि निकै खुसी देखिएकी थिइन् ।
चलचित्रमा आफूले चाहेको जस्तो भूमिका गर्न पाएकोमा खुसी लागेको उनले बताइन् । ‘मेरो पात्रले काठमाडौंको गल्लीहरुलाई चित्रण गर्नेछ । काठमाडौंलाई मानिसहरुले हेर्ने र भन्ने दृष्टिकोण फरक-फरक छ । मलाई यो भूमिकामा काम गर्न पाउँदा खुसी लागेको छ । यो भूमिका मेरो लागि पनि एउटा परीक्षा हो ।’
‘मिस नेपाल’ भएपछि सृष्टि चलचित्र क्षेत्रमा प्रवेश गरेकी हुन् । उसो त सृष्टिको करिअर चलचित्र क्षेत्रमा बलियो रुपमा अगाडि बढ्न सकेको छैन ।
अभिनेता सौगात मल्लसँग प्रेम सम्बन्धमा रहेकी सृष्टिलाई चलचित्रको अभाव भने छैन । ‘चिसो एस्ट्रे’को व्यापारले उनको करिअरलाई एउटा दिशा दिनसक्छ ।
तस्वीर : शंकर गिरी/अनलाइनखबर
प्रतिक्रिया 4