+
+

धनगढीमा एमसीसीविरुद्ध माओवादी केन्द्र र आठ दलीय मोर्चाको छुट्टाछुट्टै प्रर्दशन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १२ गते १७:०४

१२ फागुन, धनगढी । सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा पनि एमसीसीको विरोधमा प्रर्दशन गरिएको छ ।

बिहीबार नेकपा माओवादी केन्द्र र आठ दलीय मोर्चाले धनगढीमा र्‍यालीसहित छुट्टाछुट्टै रुपमा प्रर्दशन गरेका हुन् ।

माओवादी केन्द्रले आफ्ना जनवर्गीय संगठनलाई एमसीसीको विरोधमा उतारेको छ ।

जिल्ला प्रशासन कार्यालय अगाडि आयोजना गरिएको कोणसभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका नेताहरुले एमसीसी परियोजना राष्ट्रघाती भएको दाबी गर्दै कुनै पनि हालतका प्रतिनिधिसभाबाट पारित गर्न नदिने उल्लेख गरेका छन् ।

सत्ता गठबन्धन एमसीसी पारित गर्न बनेको नभएर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको दम्भ तोड्न भएकाले गठबन्धनकै सहमतिमा एमसीसीलाई पारित गर्न नहुनेमा उनीहरुको जोड थियो ।

माओवादी केन्द्रले एमसीसीको विरोधमा छुट्टै प्रर्दशन गरेपनि अन्य आठ दलीय मोर्चाले भने संयुक्त रुपमा प्रर्दशन गरेको छ ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दल आवद्ध मोर्चाले नाराबाजीसहित विरोध प्रर्दशन गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?