+
+

अमेरिकाको अभिव्यक्ति धम्कीका रुपमा आउँदा आशंका : माधव नेपाल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १३:२१

१३ फागुन, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले यथास्थितिमा एमसीसी अनुमोदन हुन नसक्ने बताएका छन् । कैलालीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले एमसीसीबारे अमेरिकाले प्रष्ट पार्न खोजे पनि केही कुरामा अस्पष्टता रहेको बताए ।

‘अमेरिकीहरूको केही अभिव्यक्तिले गर्दाखेरी, यसैबीचमा सहायत नलिदाँखेरी नेपाललाई दबाव दिने टाइपबाट, धम्की दिने टाइपका शब्दहरू प्रयोग भए’ अध्यक्ष नेपालले भने, ‘यसले गर्दा झन आशंका बढाइदियो । शंका, उपशंका बढाइदिएको अवस्था छ ।’

नेकपा हुँदा बनेको कार्यदलले निकालेको आशंकाबारे अझै जवाफ नआएको उनले बताए । एमसीसी संशोधन नभएसम्म अनुमोदन गर्न नसकिने पार्टी निर्णयमा अडिग रहेको अध्यक्ष नेपालले बताए । ‘हाम्रो पार्टीले यथास्थितिमा नै यो सम्झौतालाई हामी अनुमोदन गर्न सक्दैनौं भनेर भनिसकेको छ । यस अर्थमा यथास्थितिमा परिवर्तन गर्नका लागि के–के गर्न सकिएला ? भन्ने बारेमा पनि हामी छलफल चलाइरहेका छौं’, नेपालले भने ।

तर, नेकपा एमालेले भने अवसरवादी र अराजनीतिक अडान लिएको अध्यक्ष नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?