+
+

बालकोटमा कांग्रेस र एमाले नेताहरूको छलफल सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १३ गते १९:१५

१३ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा नेपाली कांग्रेस र नेकपा एमालेका नेताबीच छलफल सुरु भएको छ ।

विपक्षी दलका नेता ओलीलाई भेट्न प्रधानमन्त्री देउवा आफैं बालकोट गएका हुन् ।  प्रधानमन्त्री देउवाको साथमा कांग्रेसका अरू नेताहरू पनि सहभागी छन् ।

यसअघि प्रधानमन्त्री र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा वार्ता भएको थियो ।

प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेताहरूसँग एसमीसी पास गर्ने र गठबन्धन पनि जोगाउने विषयमा छलफल गरेका थिए । उक्त छलफल सकारात्मक भएको नेताहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?