+
+

सुदूरपश्चिम ललितपुर मेयर्स कपको फाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १४ गते १६:२१

१४ फागुन, काठमाडौं । सुदूरपश्चिम प्रदेश दोस्रो संस्करणको ललितपुर मेयर्स कप महिला क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएको खेलमा लुम्बिनी प्रदेशलाई ३८ रनले हराउँदै सुदूरपश्चिम फाइनलमा पुगेको हो । सुदुरपश्चिमले दिएको १ सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाएर ९० रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि नेरी थापाले २३ रन, आश्मा पुलामी मगरले २२ तथा लक्ष्मी चौधरीले १० रन जोडे । सुदुरपश्चिमका लागि कविता कुँवर र सम्झना खड्काले २/२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको सुदूरले २० ओभरमा ५ विकेट गुमाएर १ सय २८ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि सम्झना खड्काले ४२, ऋतु कोनुजियाले ३३ तथा कविता जोशीले ३२ रन बनाए । कविता कुँवर १० रनमा अविजित रहिन् ।

लुम्बिनीकी नेरी थापाले ३ र कृतिका मरासिनीले १ विकेट लिए । जितसँगै सुदुरपश्चिमले ४ खेलमा ६ अंक जोड्दै अंक तालिकाको दोस्रो स्थानमा रहेको छ ।

लुम्बिनी ३ खेलमा २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । यस हारसँगै लुम्बिनीको फाइनल सम्भावना सकिएको थियो । सुदूरपश्चिमले उपाधिका सोमबार एपीएफसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?