+
+

जर्मनीले बदल्यो नीति, युक्रेनलाई मिसाइल र एन्टि ट्यांक हतियार सहयोग गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते ८:१७

१५ फागुन, काठमाडौं । रुसले आक्रमण तीव्र पारेपछि जर्मनीले युक्रेनप्रतिको आफ्नो नीति परिवर्तन गर्दै युक्रेनलाई हतियार सहयोग गर्ने निर्णय गरेको छ ।

जर्मनीका चान्सलर ओलाफ शल्ट्सले युक्रेनलाई एक हजार एन्टीट्यांक हतियार र जमिनबाट आकाशमा मार हान्नसक्ने पाँच सय मिसाइल पठाउने निर्णय गरेको बीबीसीले जनाएको छ ।

यसैगरी जर्मनीको यातायात मन्त्रीले आफ्नो हवाई क्षेत्रमा रुसी एयरलाइन्सलाई रोक्ने पनि बताएका छन् । यसअघि नै एस्टोनिया, पोल्याण्ड, बुल्गेरिया र चेक रिपब्लिकले पनि यस्तै निर्णय गरिसकेका छन् ।

युक्रेनमा रुसले गरेको आक्रमणको जर्मनीले निन्दा गर्दै संघर्ष वा युद्धग्रस्त क्षेत्रमा हतियार निर्यात नगर्ने आफ्नो पुरानो नीतिमा परिवर्तन गरेको बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपतिले जर्मनीको यो नीतिको सह्राना गरेका छन् । उनले विभिन्न देशबाट समर्थन जुटाउने काम पनि जारी राखेका छन् ।

रुसले युक्रेनलाई आक्रमण गरेको तेस्रो दिन पश्चिमी देशहरूले हतियारसँग सम्बन्धित सहयोगको वचन दिएका छन् ।

अमेरिकी विदेश मन्त्रालयले जेभलिन एन्टी ट्यांक मिसाइल, एन्टि एयरक्राफ्ट सिस्टमसमेत ३५० मिलियन डलरको हतियार युक्रेन पठाउने निर्णय गरेको छ ।

यसैगरी नेदरल्याण्डले ५० एन्टिट्यांक हतियार र ४०० रकेट युक्रेनलाई सहयोग गर्ने छ ।

नेटोले पूर्वी युरोपमा थप सेना तैनाथी सुरु गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?