+
+

वडाध्यक्ष कार्कीको निधनमा सार्वजनिक बिदा

रासस रासस
२०७८ फागुन १५ गते १०:२९

१५ फागुन, कर्णाली (सुर्खेत) । गाडीको ठक्करबाट घाइते भई उपचारका क्रममा मृत्यु भएका भेरीगङ्गा नगरपालिकाका–१ वडाध्यक्ष नवराज कार्कीको शोकमा नगरपालिकाभर सार्वजनिक बिदा दिइएको छ ।

नगरपालिकाले शोक वक्तव्य जारी गर्दै आज वडा कार्यालयसहित नगरपालिकाभित्रका सबै सरकारी कार्यालयमा सार्वजनिक बिदा दिएको हो ।

काठमाडौंस्थित बाँसबारी न्यूरो अस्पतालकमा उपचारका क्रममा शुक्रबार राति वडाध्यक्ष कार्कीको मृत्यु भएको थियो ।

यही फागुन ८ गते वडा कार्यालयबाट नगरपालिकाको बैठकमा सहभागी हुन आउँदै गरेको अवस्थामा भेरीगङ्गा -१२ सुर्खेतस्थित राजीगाउँमा उनी सवार भे६प ४४०१ नंको मोटरसाइकललाई नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश०२००१ख ०५४६ नंको फोर्स गाडीले ठक्कर दिएको थियो ।

उक्त दुर्घटनामा परी उपचारका क्रममा मृत्यु भएका ३० वर्षीय वडाध्यक्ष कार्की विसं २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

विसं २०४८ मा जन्मिएका उनी सुर्खेत जिल्लाकै सबैभन्दा कान्छा वडाध्यक्षका हुन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?