
१५ फागुन, काठमाडौं । लेखक, पत्रकार तथा अनुवादक मोहन मैनालीले अनुवाद गरेको पुस्तक ‘आकाशमुखी’ सार्वजनिक भएको छ । शनिबार काठमाडौंमा आयोजित समारोहमा अध्येताद्वय हरि शर्मा र सुगना शाहले पुस्तकको लोकार्पण गरेका हुन् ।
पुस्तकको टिप्पणी गर्दै अध्येता शर्माले भने, ‘मोहनजीद्वारा छनोट भएका निबन्ध र तिनको अनुवाद, अनुवाद लाग्दैन, यो त मौलिक पुस्तक लाग्छ । पुस्तकमा छानिएका निबन्धले पश्चिमा समाजको जीवन र समाज परिवर्तन कथा बुनिरहँदा तिनले हामीलाई सफलताका निम्ति अनन्त यात्राको प्रेरणा दिन्छन् । यो नै आकाशमुखीको सफलता हो ।’
अध्येता शाहले भनिन्, ‘नारी शिक्षा, समानता, स्वतन्त्रताका लागि पश्चिमा समाजले कसरी संघर्ष गरेको थियो र हाम्रो समाजको सबै वर्गको चेतनाका निम्ति यो पुस्तक प्रेरक हुन सक्छ ।’ उनीहरुले पुस्तक नेपाली साहित्यका निम्ति उम्दा खुराक रहेको बताए ।
अनुवादका विषयमा लेखब मैनालीले भने, ‘जब अप्ठ्यारो परिस्थितिमा कुनै काम गरिन्छ, त्यसको नतिजा पक्कै पनि विश्वसनीय हुन्छ । यो कोरोनाकालको सन्तान हो ।’
बुकहिलले प्रकाशन गरेको १६० पृष्ठको यो पुस्तकको मूल्य ३३३ रुपैयाँ राखिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4