+
+

अञ्जन विष्ट बने झापा एफसीको मार्की प्लेयर

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १३:५६

१५ फागुन, काठमाडौं । झापा एफसीले नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि राष्ट्रिय फुटबल टिमका खेलाडी अञ्जन विष्टलाई मार्की प्लेयर नियुक्त गरेको छ ।

एनएसएलमा यसै संस्करणदेखि सहभागी झापाले आइतबार एक कार्यक्रमका बीच अञ्जनलाई मार्की प्लेयर घोषणा गरेको हो ।

झापा एफसीको तर्फबाट महासचिव सुजन गौतम र मार्की प्लेयर अञ्जन विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौताको रकम दुवै पक्षले खुलाएका छैनन् । महासचिव गौतमले अञ्जन विष्ट जस्तो क्षमतावान खेलाडीलाई झापा एफसीमा अनुबन्ध गर्न पाउँदा खुशी लागेको बताए ।

‘हामी फुटबल विकासमा लागेका छौं । हामीले झापाका खेलाडीलाई अक्सनका बेला छान्नेछौं । अहिले उत्कृष्ट खेलाडीको रुपमा अञ्जनलाई छानेका हौं’ गौतमले बताए ।

अञ्जनले झापा एफसी फुटबल विकासको लक्ष्य लिएर आएको र आफूले त्यहाँबाट केही गर्न सक्ने सम्भावना देखेर अनुबन्ध भएको बताए । आफ्नो अनुभवलाई प्रयोग गर्दै टिमका लागि आफूले सक्दो प्रयास गर्ने उनले बताए । ‘यो सुरुवात हो । यो राम्रो भयो भने भविष्य राम्रो बन्छ’ उनले भने ।

यस्तै आइतबार नै झापा एफसीले आफ्नो टिमको मस्कटको रुपमा ‘ध्रुवे हात्ती’लाई सार्वजनिक गरेको छ ।

एनएसएलको पहिलो संस्करणमा अञ्जन ललितपुर सिटी एफसीका मार्की प्लेयर थिए । उनले ललितपुरको कप्तानीसमेत गरेका थिए । ललितपुरलाई प्लेअफसम्म पुर्‍याउने क्रममा ३ गोल गरेका अञ्जन उत्कृष्ट फरवार्डसमेत घोषित भएका थिए ।

शनिबार सम्पन्न शहीद स्मारक ए डिभिजन लिगमा अञ्जनले मनाङ मर्स्याङ्दी क्लबको कप्तानी गरेका थिए । लिगमा मनाङ पाँचौं स्थानमा रह्यो ।

सन् २०१४ मा फिलिपिन्सविरुद्ध खेल्दै राष्ट्रिय टिममा डेब्यु गरेका अञ्जनले नेपालका लागि ७ गोल गरेका छन् ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट (एनइएसएम) को आयोजनामा आगामी चैतमा सुरु गर्ने तयारी रहेको दोस्रो संस्करणको एनएसएलमा कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् । यस पटक झापा एफसीसँगै स्पोर्टिङ डे मेची इलाम र वीरगञ्ज युनाइटेड गरी ३ टिम थप भएका छन् । काठमाडौं रेजर्स एनएसएलको साविक विजेता टिम हो ।

यसबाहेक अन्य टिममा ललितपुर सिटी एफसी, विराटनगर सिटी एफसी, एफसी चितवन, पोखरा थण्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसी छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?