
१५ फागुन, काठमाडौं । छिमेकी मुलुक चीनले एकै पटकको रकेट प्रक्षेपणबाट अन्तरिक्षमा सफलतापूर्वक २२ वटा भू-उपग्रह पठाएको छ ।
आइतबार बिहान हाइनान प्रान्तस्थित वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट एउटै रकेटमार्फत् २२ वटा भू-उपग्रह अन्तरिक्षमा पठाएको हो । एकै पटकमा यति धेरै भू-उपग्रह पठाएको यो नयाँ रेकर्ड हो ।
‘लङ मार्च-८’ नामक रकेट स्थानीय समय अनुसार ११ बजेर ६ मिनेट जाँदा प्रक्षेपण गरिएको हो । केही परिवर्तन गरिएको उक्त रकेट १५ मिनेटभन्दा बढी समय उडेपछि २२ रकेटलाई निर्धारित स्थानमा परिचालन गर्न सफल भएको थियो ।
आज पठाइएका ती भू-उपग्रहलाई सात वटा संस्थान र निजी कम्पनीले निर्माण पारेका हुन् ।
हरेक भू-उपग्रहले तोकिएको काम गर्नेछन् । व्यावसायिक रिमोट सेन्सिङ डाटा, वातावरण अनुगमन, वनमा लाग्ने डढेलो रोकथाम एवं विपत् न्यूनीकरणजस्ता विभिन्न क्षेत्रलाई लक्षित गरी ती रकेट पठाइएको सीजीटीएनले जनाएको छ ।
प्रतिक्रिया 4