+
+
Shares

देव गुरुङको प्रश्न : संसदले गरेको व्याख्यात्मक घोषणा एमसीसीले स्वीकार गर्छ ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १५:२७

१५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले अमेरिकी सहयोग परियोजना एमसीसीमा संसदले गर्ने व्याख्यात्मक घोषणालाई मिलेनियम च्यालेन्ज कर्पोरेसनले स्वीकार गर्छ कि गर्दैन भन्ने प्रश्न गरेका छन् ।

मिलेनियम च्यालेन्ज कम्प्याक्टबारे संसदमा सुरु भएको छलफलमा भाग लिँदै गुरुङले एमसीसीमा नेपालको सर्वभौम अधिकार खण्डित हुने प्रावधानहरू रहेको बताए । सुरुमा भएको सहमति विपरित संसदबाट अनुमोदन गर्नुपर्ने प्रवधान राख्दा समस्या आएको भन्दै उनले भने, एउटा परियोजनाका लागि मुलुकको सर्वभौम अधिकार नै खण्डित हुने, नेपालको सविधान नै निश्क्रिय हुने, एमसीसीका कानुनहरू लागू हुने प्रकारका प्रावधानहरू छन् ।’

अमेरिकी अधिकारीहरूले सैन्य रणनीतिसँग जोडिएको बताएकाले पनि यो संशोधन नगरी नहुने उनले बताए । छलफलका क्रममा चार दलबीच संशोधनलाई आकर्षित गर्ने घोषणा तयार भएको सुनेको भन्दै उनले भने, ‘सामान्यता यो सम्झौतामा संशोधन वा विरोधको सूचना दिने प्रक्रिया देखिँदैन । तर, राजनीतिक दलहरूले सहमति गरेर सरकारले योयो कुरा संशोधन हुनुपर्छ भनेर ल्याउँछ भने सकारात्मक हुनसक्छ ।’

द्वीपक्षित सम्झौता भएकाले नेपालको संसदले गरेको घोषणा एमसीसीले मान्छ कि मान्दैन भन्ने प्रश्न रहेको उनले बताए । माओवादी प्रमुख सचेतक गुरुङले भने, ‘एमसीसीलाई स्वीकार्य हुन्छ भने हामीले गरेको घोषणा सकारात्मक हुन्छ ।’

उनले दलहरूबीच भएको सहमति र त्यसअनुसारको घोषणा संसदमा ल्याउन माग गरेका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?