+
+
Shares

विदेशीलाई युक्रेन आएर रुसविरुद्ध लड्न जेलेन्स्कीको अपील

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १६:१८

१५ फागुन, काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले विदेशीलाई रुसविरुद्धको युद्धमा सामेल हुन अपील गरेका छन् ।

जेलेन्स्कीले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै विदेशीलाई युक्रेन आएर रुसविरुद्ध जारी युद्धमा सामेल हुन भनेका हुन् । विदेशीलाई युक्रेनमा ‘विदेशी सेना’ बनाएर रुसविरुद्ध लड्न अपील गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।

युक्रेन आएर कुनै पनि विदेशीले आफूहरूसँग काँधमा काँध मिलाएर रुसविरुद्ध लड्न सक्ने पनि जेलेन्स्कीको भनाइ थियो ।

‘युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारका सबै नागरिक र युक्रेनका मित्रलाई शान्ति एवं लोकतन्त्रका लागि सम्बोधन गर्नु भएको छ’, पोष्टमा भनिएको छ, ‘युक्रेनको सेनामा सामेल हुन चाहनेहरू युरोप वा अन्य विश्वका जो कोही भए पनि आएर रुसका युद्ध अपराधीविरुद्ध लड्न सक्छन् ।’

विदेशी नागरिक कानुनी रुपमै युक्रेनको सेनामा सामेल हुन सक्ने र यसका लागि एउटा छुट्टै युनिट खडा गर्न लागिएको पनि पोष्टमा उल्लेख छ । समाचार अनुसार उक्त युनिटलाई ‘अन्तर्राष्ट्रिय सेना’ को नाम दिइएको छ ।

यसअघि राष्ट्रपति जेलेन्स्कीले आफूहरूलाई रुसविरुद्ध लड्न एक्लै छाडिएको भन्दै पश्चिमी मुलुकको निन्दा गरेका थिए । पश्चिमी मुलुकले युक्रेनलाई हतियार दिन थालिसकेका छन् तर आफ्नो सेना भने पठाएका छैनन् । एजेन्सीको सहयोगमा 

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?