+
+

एनआरएनए विवाद उत्कर्षतिर, मतदाता नामावलीप्रति संरक्षक घलेको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १७:३३

१५ फागुन, काठमाडौं । गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा विधान विपरीतका मतदाता राखिएको भन्दै संघका पूर्वअध्यक्ष एवं प्रमुख संरक्षक शेष घलेले अवैधानिक मतदातालाई सूचीबाट हटाउन माग गरेका छन् ।

संघका प्रमुख निर्वाचन अधिकृतलाई आइतबार एक पत्र लेख्दै प्रमुख संरक्षक घलेले विधान विपरीत चयन भएका १ हजारभन्दा बढी मतदातालाई सूचीबाट नहटाएसम्म निर्वाचन प्रकृया अगाडि बढाउन नहुने बताएका छन् ।

घले संघले हालै गठन गरेको विवाद समाधान उच्चस्तरीय समितिका संयोजकसमेत हुन् । मतदाता सूचीका विषयमा विवाद भएपछि संघको महाधिवेशन अन्यौलमा पर्दै आएको थियो ।

विवाद समाधान उच्चस्तरीय समितिले कूल तीन हजार ६०० मतदातामध्ये करिव एक हजार मतदाता तोकिएको मितिभन्दा पछि थपिएको निचोड निकालेको थियो । झण्डै एक हजार मतदाताको वैधानिकतामाथि प्रश्न उठिरहेको बेला संघको अन्तराष्ट्रिय समन्वय परिषद्ले समितिको प्रतिबेदन आउनु अगाडि नै एकतर्फी रुपमा निर्वाचन तालिका प्रकाशन गरेको थियो ।

निर्वाचन समितिले जारी गरेको दावी विरोधको सूचनामा जवाफ लेख्दै पूर्वअध्यक्ष घलेले परिमार्जित सूचीअनुसार मात्र निर्वाचन अगाडि बढ्न सक्ने उल्लेख गरेका छन् ।

तीन हजार ६०० जना मतदाता कायम गर्ने संघको निर्णयको वैधानिकता पुष्टि हुन नसक्ने भन्दै उनले विवाद समाधान उच्चस्तरीय समितिले सचिवालयमा उपलब्ध तथ्यका आधारमा तय गरेको परिमार्जित सूचीअनुसार चुनाव हुनुपर्ने बताएका छन् ।

संस्थापन पक्षले विधान विपरीत एकपक्षीय रुपमा मतादाता छनौट गरी अन्याय गरेको भन्दै असन्तुष्ट समूहले निर्वाचन प्रक्रिया बहिस्कार गर्ने चेतावनी दिँदै आएको छ ।

अमेरिका, बेलायत, अष्ट्रेलिया, क्यानडालगायत बहुसंख्यक देशका गैरआवासीय नेपाली संघले एनआरएनए नेतृत्वबाट अन्याय भएको भन्दै विरोध जनाउँदै आएका छन् । असन्तुष्टिका आवाज बाहिर आएसँगै परराष्ट्र मन्त्रालयले निष्पक्षरुपमा निर्वाचन गर्न लिखित निर्देशन दिइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?