+
+

विद्युतीय गाडी ‘एमजी जेडएस ईभी २०२२’ नेपाली बजारमा

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १५ गते १९:२१

काठमाडौं । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको एक मात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँँ विद्युतीय गाडी एमजी जेडएस् ईभी २०२२ सार्वजनिक गरेको छ ।

स्ट्यान्डर्ड रेन्ज र लङ रेन्ज गरी दुई भेरियन्टमा आउने यो एमजी जेडएस् ईभीमा दुईवटा ब्याट्री प्याकको विकल्पहरू कम्पनीले बताएको छ । एमजी जेडएस ईभी २०२२ को इन्टेरियर र एक्स्टेरियरमा नयाँँ डेकोरेसन र अपडेटहरु गरिएको छ । कम्पनीका अनुसार यसको इन्टेरियरमा १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र ७ इन्चको डिजिटल ड्राइभर डिस्प्ले रहेको छ । साथै रोटरी डायल गियर नब, ड्राइभिङ मोड र ब्रेकिङ रिजेनेरेसन छ । यसमा हेडल्याम्प, इन्टिग्रेटेड एलईडी डीआरएल, एलईडी टेल ल्याम्पहरू छन् ।

एमजी पाइलट नाम दिइएको अटोम्याटिक इमर्जेन्सी ब्रेकिङ सहितको एड्भान्स्ड ड्राइभर अस्सिस्ट्यान्स सिस्टम भएकोले यो गाडी एकदमै सुरक्षित मानिएको कम्पनीले दाबी गरेको छ ।

कम्पनीका अनुसार एमजी जेडएस ईभी २०२२ मा १३० एच्पीको पावर र २८० एनएम टर्क भएको पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर रहेको छ । एमजी जेडएस् इभी २०२२मा पावर्ड ड्राइभर सिट, अटोमेटिक हेडलाइट र वाइपर, कनेक्टेड कार टेक्नोलोजी, ६ वटा एयरब्याग, हिल स्टार्ट, डिसेन्ट कन्ट्रोल अल–ह्वील डिस्क ब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टम र इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?