
काठमाडौं । एनएमबी बैंकका ग्राहकले ललितपुरको जावलाखेलस्थित सोवा हेल्थकेयर सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् ।
बैंकका ग्राहक तथा कर्मचारीहरुलाई सहज होस भन्ने उद्देश्यले बैंक र हेल्थकेयरबीच सम्झौता भएसँगै उक्त हेल्थ केयरमा उपचार गराउन जाँदा विशेष छुटका साथै सहुलियत पाउने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । समझदारी पत्रमा एनएमबी बैंकका रिटेल बैंकिङ प्रमुख रोशन रेग्मी र हेल्थकेयर सेन्टरका निर्देशक रीचा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
समझदारी अनुसार अस्पतालबाट उपलब्ध गराइने विभिन्न किसिमका चिकित्सकीय सेवाहरुमा एनएमबी बैंकका ग्राहक तथा परिवारजनमा विशेष छुट तथा सहुलियत प्राप्त हुनेछ ।
अस्पतालले एनएमबी बैंकका एटीएम तथा अन्य भिजा कार्ड होल्डर ग्राहक तथा कर्मचारीहरुलाई अन्तरंग (भर्ना), फार्मेसीबाट औषधि खरिद, ल्याब परीक्षणहरु र शल्यक्रियामा विषेश छुट उपलब्ध गराउने छ ।
प्रतिक्रिया 4