+
+

सुर्खेतमा प्रहरी र बन्दकर्ताबीच झडप

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १६ गते १८:११

१६ फागुन, सुर्खेत । नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ६ राजनीतिक दल र दुई मोर्चाले गरेको बन्दका क्रममा सुर्खेतमा झडप भएको छ । प्रहरी र बन्दकर्ताबीचको झडपले वीरेन्द्रनगरको मंगलगढी चोक तनावग्रस्त बनेको हो ।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दुई दर्जनभन्दा बढी सेल अश्रुग्याससमेत हानेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

तर, आन्दोलनकारीहरूले भने विभिन्न गल्लीबाट निस्किएर प्रहरीमाथि ढुंगामुढा गरिरहेका छन् । प्रहरीले १० जनाभन्दा बढी प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?