
१७ फागुन, कञ्चनपुर । पुनर्वास नगरपालिका-४ आँपतालस्थित सीमा ईलाकाबाट फागुन १६ गते सशस्त्र प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कैलाली जिल्लाको गोदावरी नगरपालिका ५ बस्ने १९ वर्षीय धिरज राना र सोही जिल्लाको धनगढी उपमहानगरपालिका ३ बस्ने १९ वर्षीय दिपक राना छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको साथबाट सशस्त्र प्रहरी बल नेपाल बिओपी आँपतालबाट खटिएको सशस्त्र प्रहरीले निट्रोभेट ट्याब्लेट ३० वटा र स्पास ट्याब्लेट २४ वटा बरामद गरेको छ ।
पक्राउ परेका दुवै जनालाई बरामद लागूऔषधसहित आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4