+
+

पशुपतिमा पुल भत्किँदा दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १७ गते २२:४०
पशुपतिको आर्यघाट अगाडि रहेको पुल । तस्वीर सौजन्य : प्रतिक अधिकारी

१७ फागुन, काठमाडौं । काठमाडौंको पशुपतिनाथ मन्दिरको आर्यघाटमा रहेको पुलको पर्खाल भत्किएको छ । दक्षिणतर्फको पुलको उत्तरतिरको भाग भत्किँदा दुई जना घाइते भएको काठमाडौं प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी सुदिप गिरीले अनलाइनखबरलाई बताए ।

उनका अनुसार पर्खाल भत्किँदा पानीमा खसेका मध्ये ३० वर्षीय राजन ओलीलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज, सिनामंगल पठाइएको छ । अर्का एक घाइते चाहिँ सामान्य उपचारपछि फर्किएको उनले बताए ।

‘पुल जीर्ण छ भन्ने खबर थियो, त्यसैले त्यता नजान सचेत गराइरहेका थियौं’ उनले अनलाइनखबरसँग भने, ‘यद्यपि पुल भत्कियो, तर प्रहरी नजिकै भएकाले धेरै क्षति हुन पाएन ।’

काठमाडौं प्रहरी परिसर, टेकुका एसपी दिनेशराज मैनालीका अनुसार शिवरात्रीको दिन मंगलबार ७ लाख बढी दर्शनार्थी पशुपति आएको अनुमान गरिएको छ । पशुपतिमा उछृंखल गतिविधि गर्ने केहीलाई नियन्त्रणमा पनि लिइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?