
१७ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधानबमोजिम १४ जनालाई केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।
लीलादेवी श्रेष्ठ, विन्दु पौडेल, रेखा थापा, प्रेक्षा मल्ल, मीना झा, सन्तोषी शाही ठकुरी, स्वाती थापा, पुष्पा रजौरिया, लक्ष्मी तण्डुकार, समृद्धि राणा, मीना न्यौपाने, शान्ति माया गुरुङ, जयाकुमारी महतो र सावित्रा थापा केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयनमा परेका हुन् ।
मनोनीत हुने १४ जनामा तेेस्रो नम्बरमा रेखा थापाको नाम छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4