+
+

कविता : म झोले हुँ 

भरत आचार्य भरत आचार्य
२०७८ फागुन १८ गते १२:३०

जति कुकर्म गरे पनि मेरो टोलमा

 नेता आए म फूल लिएर टक्रिन्छु ।

जति छि-छि भने पनि

उही नेताको छेउ पर्न

म हुल लिएर टक्रिन्छु..

मेरो भन्ने छाप लागेको छ निधारमा

के गर्नु ? म पागल हुँ ,म झोले हुँ ..

म तमाम सर्वसाधारण जनतालाई

झुक्काउने, फकाउने, डर देखाउने,

आश देखाउने, त्रास देखाउने,

पढेलेखेको टोले हुँ ।

हो म झोले हुँ ।

नेताबाट लाभ उठाउँछु

भन्ने मभित्र पनि छ भ्रम,

कुकर्म गर्ने त्यो नेताले

किन मान्थ्यो र ! मसँग सरम ।

त्यही झोलेपनको आडमा

सर्वज्ञानी, सर्वमानी र सम्पन्नशाली

बनेको छु र त आज

म बलात्कार गर्दिन सक्छु

 गुमनाम पार्दिन सक्छु

झोले नेताका झोले म

म झोलेको नि झोले

ठोस अडान नभएको

जता ढल्कायो उतै ढल्किने

यी युवा झोले

शानको झोले, सम्मानको झोले

मैले मेरो जवानीलाई

यही नेताको अघिपछि खर्च गरे ।

‘म को हुँ’ आफैंले

आफ्नो कर्तुत आफैंभित्र सर्च गरे ।

 म नकमाइ किन थुपार्न सक्छु

सम्मान होस् वा पैसा

म काम नगरीकन मेरो सपार्न सक्छु ।

घरबार होस् वा पैसा

म इमानदार कर्म गर्नेलाई

उदाहरण दिंदै भन्छु,

पढेर के नाप्यो त्यसले ?

म न्याय अन्याय जान्दिनँ

फोन गर्न जान्दछु

म समानता सहजता मान्दिन

दोहन गर्न जान्दछु ।

यो झोले सोच्दै छु

मसँग टोलभरिका

होमा हो भन्ने मुर्खहरुको हुल छ ।

मसँग नेता टोल पस्दा

अबीर मालासहित फूल छ ।

म मेरो नेताले जे गरे पनि ठीक गर्‍यो भन्छु ।

ऊ रातोलाई निलो हो भन्दा

निलै हो भन्छु,

ऊ निलोलाई रातो भन्दा

रातो हो भन्छु ।

ऊ नाङ्गिए पनि म सजिएको देख्छु ।

ऊ बाङ्गिए पनि म सोझिएको देख्छु ।

ऊ तुच्छ बोल्छ म वाह वाह भन्छु

ऊ मलाई नै मूर्ख भन्छ

म मूर्ख नै बन्छु ।

 किन थाहा छ ?

किनकि म झोले हुँ ।

म क्रान्ति गरिन्छ भन्ने टोले हुँ ।

म दले हुँ । फाटाहा हुँ ।

खराब नेतालाई भोट माग्दिनँ

म देशद्रोही हुँ ।

किन कि म नेताको पुच्छर हुँ ।

ऊ हल्लाउँदा म हल्लिन्छु ।

ऊ बटार्दा म बटारिन्छु ।

पुच्छर झोले हुँ नि हो

म झोले हुँ ।

लाज छैन मसँग

म गर्छु सोझै अझै

म यो पार्टीको त्यो पार्टीको भन्दै

नियम र सत्कर्मका कुरा

कतै ज्ञानगुन र धर्मका कुरा ।

भोलि पर्दा काम लाग्छ भन्ने

धाक र कुकर्मका कुरा

गफ हान्दै हिंड्ने

टोलले मानेको शिक्षित

एकाध सयको दीक्षित

हो म टोले हो ।

हो, म मेरो चोकको झोले हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?