+
+

एमसीसीको व्याख्यात्मक टिप्पणी न्यानो थाङ्नो मात्रै : झलनाथ खनाल

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १५:२७

१८ फागुन, विराटनगर । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी पास गर्दा गरिएको व्याख्यात्मक टिप्पणीलाई न्यानो थाङ्नोको टिप्पणी गरेका छन् । बिहीबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले व्याख्यात्मक टिप्पणीको अर्थ नरहेको बताए ।

‘व्याख्यात्मक टिप्पणी न्यानो  थाङ्नोबाहेक केही होइन’ उनले भने, ‘नेपालका नेताहरु आनन्दपूर्वक सुतुन् भनेर बनाइएको थाङ्नो हो, त्यो थाङ्नोमा अहिले साथीहरु सुत्नुभएको छ ।’

उनले विधि प्रक्रिया विपरीत एमसीसी पास गरेको गुनासो गरे । प्रक्रिया नमिलाई एमसीसी पास गर्नु देशका लागि लज्जास्पद भएको बताउँदै  उनले एमसीसी पारित गर्दाको परिणाम विस्तारै देखिने बताए ।

एमसीसीका कारण पार्टी भित्र पनि विरोध भएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?