+
+

तेस्रो विश्वयुद्ध विनाशकारी हुन्छ : रुसी विदेश मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १७:२१

१८ फागुन, काठमाडौं । रुसका विदेशमन्त्री सर्गेई ल्याभरोभले तेस्रो विश्वयुद्धमा आणविक हतियार प्रयोग गरिने भएकाले विनाशकारी हुने बताएका छन् ।

बुधबार विदेशमन्त्री ल्याभरोभले तेस्रो विश्व युद्ध सुरु भए त्यो विनाशकारी हुने बताएका हुन् । तेस्रो विश्व युद्धमा आणविक हतियारसमेत प्रयोग गरिने भएकाले विनाशकारी हुने उनको भनाइ थियो ।

युक्रेनले आणविक हतियार प्राप्त गरेमा रुसले ‘वास्तविक खतरा’को सामना गर्नेसमेत ल्याभरोभलाई उद्धृत गर्दै रुसी सरकारी समाचार माध्यम आरआईएले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?