+
+

एनआरएनले एक हजार डलरमै नेपालमा बैंक खाता खोल्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १८ गते १९:१५

१९ फागुन, काठमाडौं । गैरआवासी नेपालीहरु(एनआरएन)ले अब एक हजार डलरमै नेपाली बैंकहरुमा विदेशी मुद्रामा खाता खोल्न सक्ने भएका छन् । यस अघि डलर खाता खोल्नका लागि कम्तिमा ५ हजार डलर वा सो बराबरको रकम चाहिने व्यवस्था थियो ।

बुधबार राष्ट्र बैंकले बैंकहरुका लागि परिपत्र जारी गर्दै एक हजार डलर वा सो बराबरको विदेशी मुद्रामा डलर खाता खोल्ने व्यवस्था मिलाउन राष्ट्र बैंकले भनेको छ ।

विदेशी मुद्रा सञ्चितिको अवस्था नाजुक बनेका बेला गरिएको यो व्यवस्थाले देशको अर्थतन्त्र र गैरआवासीय नेपालीहरु दुवैलाई फाइदा हुने विश्वास राष्ट्र बैंकको छ । यसले तत्कालका लागि मात्रै नभएर दीर्घकालिन रुपमा पनि सकारात्मक असर पर्ने राष्ट्र बैंकका कार्यकारी निर्देशक रामु पौडेल बताउँछन् । यसले मुलुकको अर्थतन्त्र र गैरआवासीय नेपालीहरुलाई समेत फाइदा पुग्ने कार्यकारी निर्देशक पौडेलले बताउँछन् ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले विदेशी मुद्रामा खोलिने खातालाई केही सहजता प्रदान गर्ने नीति बनाएको थियो । गैरआवासीय नेपालीको नाममा खाता खोल्दा तथा सञ्चालन गर्दा नेपाल सरकारको सम्बन्धित निकायबाट जारी भएको गैरआवासीय नेपालीको अद्यावधिक परिचय पत्रको प्रतिलिपि पेश गर्नुपर्नेछ ।

बैंकिङ विज्ञ अनलराज भट्टराई यो व्यवस्था एकदमै राम्रो भएको र यसले नेपालीमा लगानी भित्र्याउन पनि महत्वपूर्ण सहयोग पुग्ने बताउँछन् । यो व्यवस्थाबारे अब संसारभर रहेका गैर आवासीय नेपालीहरुलाई बुझाउनु पर्ने उनले बताए । तर यसका लागि केही समय भने लाग्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?