+
+

फिल्मको रिलिज मिति नतोकिंदा अलमलमा पुष्प

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते ११:१५
अभिनेता पुष्प खड्का । फाइल तस्वीर

१९ फागुन, काठमाडौं । लकडाउनपछि सर्वाधिक म्युजिक भिडियोमा काम गर्ने अभिनेतामा पर्छन् पुष्प खड्का । पुष्पले लकडाउनपछि सय बढी म्युजिक भिडियोमा काम गरेर राम्रैै पैसा कमाए । अहिले पनि उनलाई म्युजिक भिडियोको कुनै कमी छैन ।

पुष्पलाई चलचित्रको अफर भने फाट्टफुट्ट रुपमा मात्र आइरहेको छ । पुष्प भन्छन्, ‘म्युजिक भिडियोको छायांकनमा नै व्यस्त छु । चलचित्रको अफर पनि केही आइरहेको छ ।’ चलचित्र ‘एक्स ९’का लागि उनले शरीर बनाउन तीन महिना बढी समय खर्चिए । तर चलचित्रको छायांकन मिति पछि सरेसँगै पुष्प भिडियोको दुनियाँमा नै फर्किएका थिए ।

उसो त पुष्पले काम गरेका चलचित्रको रिलिजको लाइनअप पनि लामै छ । उनले अभिनय गरेको चलचित्र ‘कृष्णलीला’ गत वर्ष नै रिलिज हुनुपर्ने हो । तर कोरोना महामारीका कारण चलचित्रको प्रदर्शन मिति पछि सर्‍यो ।

कोरोनाको तेस्रो लहर सकिएपछि निर्माताहरुले धमाधम चलचित्रको प्रदर्शन मिति तय गरिरहेका छन् । तर गत वर्षदेखि नै रिलिजको तयारीमा रहेको चलचित्र ‘कृष्णलीला’को प्रदर्शन मिति तय हुन सकेको छैन । गत वर्ष नै रिलिज हुने भनेर प्रचार गरिएको पुष्प अभिनित अर्को चलचित्र ‘मनदेखि मनसँग’को पनि प्रदर्शन मिति तय हुन सकेको छैन ।

पुष्पले अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहसँग जोडी बाँधेर अभिनय गरेको चलचित्र ‘तिम्रो मेरो साथ’को प्रदर्शन मिति पनि निर्माताले टुंग्याउन सकेका छैनन् । तीनवटा चलचित्र रिलिजका लागि पालो पर्खिरहेकाले पनि पुष्प अहिले अलमलमा छन् । आगामी वर्ष पुष्पको तीनवटा चलचित्र रिलिज हुने सम्भावना छ । तर कुनैै पनि निर्माता आफ्नो चलचित्रको रिलिज मिति तोक्न अघि सरेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?