+
+

नोबेलका १० विद्यार्थीले सुरु गरे माइतीघरमा अनसन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १३:४९

१९ फागुन, विराटनगर । कलेज स्थानान्तरणको माग गरेका नोबेल मेडिकल कलेजका १० जना एमबीबीएस अध्ययनरत विद्यार्थीले काठमाडौंमा रिले अनसन सुरु गरेका छन् ।

अतिरक्त शुल्क लिएको विरोधमा कलेजविरुद्ध आन्दोलन गरेका उनीहरुले आफूहरुलाई नोबेलमा सुरक्षा खतरा रहेको भन्दै अन्य कलेजमा स्थनान्तरण गरिदिन चिकित्सा शिक्षा आयोग लगायतका निकायसँग माग गरेका थिए । तर माग सुनुवाइ नभएपछि रिले अनसनमा बसेको एक विद्यार्थीले बताए ।

‘नोबेलमा जान हामीलाई थ्रेट छ,’आन्दोलनरत एक विद्यार्थीले भने,‘स्थानान्तरणको माग सम्बोधन नभएपछि पुन: आन्दोलनमा छौं ।’

नोबेल मेडिकल कलेज प्रशासनले लिने अतिरिक्त शुल्कको विरोधमा ८१ जना विद्यार्थी आन्दोलनमा उत्रिएका थिए । अंशिक माग सम्बोधन भएपछि अधिकांश विद्यार्थी नियमित कक्षामा सहभागी छन् । आन्दोलनको अगुवाइ गरेका १० जना विद्यार्थीले भने सुरक्षा खतरा रहेको बताएका छन् ।

माघ ७ गते एमबीबीएस प्रथम वर्षका १४ विद्यार्थीले कलेज स्थानान्तरणका लागि शिक्षा मन्त्रालयमा निवेदन दिएका थिए । ती मध्ये चारजना पनि कक्षामा फर्किएका छन् । अरु १० जना भने विराटनगर फर्किएका छैनन् ।

‘अग्रपंतिमा बसेर आन्दोलन गरेका विद्यार्थीमाथि कलेज प्रशासनबाट थ्रेट छ,’ आन्दोलनमा रहेका एक विद्यार्थीले भने,‘विराटनगरमा जोखिम मोलेर पढ्न सक्दैनौं ।’

स्थानान्तरणका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि भेटेर आग्रह गरेका थिए । सुरुमा स्थानान्तरण गरिदिने वचन दिएका देउवाले अझै काम नगरेको उनीहरूको गुनासो छ ।

‘शिक्षामन्त्रीले अहिले भेट दिनुहुन्न,’ उनीहरूले भने,‘ पढाइ छुटेको धेरै भयो, सरकारले हाम्रो कुरा सुनेन ।’

गत पुस पहिलो सातादेखि एमबीबीएस प्रथम वर्षको कक्षा सञ्चालन भइरहेको छ । स्थानान्तरण नहुँदा आफ्नो पढाइ बिग्रिएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?