+
+

एनएसएल : धनगढीको प्रशिक्षकमा राई, गोलकिपरमा बस्नेत

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन १९ गते १७:१६

१९ फागुन, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को साविक उपविजेता धनगढी एफसीले दोस्रो संस्करणको लागि मुख्य प्रशिक्षकमा युगलकिशोर राईलाई नै अनुबन्ध गरेको छ ।

गो ड्रिमर्सका स्वामित्वमा रहेको धनगढी एफसीले बिहीबार विज्ञप्ति जारी गर्दै मुख्य प्रशिक्षकमा युगल र गोलकिपिङ प्रशिक्षक मीन बस्नेतलाई निरन्तरता दिएको जनाएको हो । धनगढीले बुधबार नै मार्की प्लेयरमा विशाल राईलाई निरन्तरता दिएको जनाइसकेको छ ।

प्रशिक्षक युगलकिशोर र मीन गत गत संस्करणमा पनि धनगढीमै थिए । गत साता सम्पन्न ए डिभिजन लिगमा भने यी दुई प्रशिक्षक हिमालयन शेर्पामा आबद्ध थिए ।

‘मुख्य प्रशिक्षकमा युगलकिशोर राई र गोलकिपिङ कोचमा मीन बस्नेतलाई पुन: अनुबन्ध गर्न पाउँदा हर्षित छौं । उहाँहरू एनएसएल २०२१ मा पनि धनगढी एफसीमा मुख्य प्रशिक्षक र गोलकिपिङ कोच हुनुहुन्थ्यो ।’ धनगढी एफसीका प्रमुख सुवास शाहीले बिहीबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

शाहीले मार्की प्लेयर र प्रशिक्षकको निरन्तरतासँगै दोस्रो संस्करणमा सफलता हात पार्ने विश्वास रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘सुपर लिग हाम्रो सुरुवात हो र यसको एक अंगको रुपमा हामी देशभरकै फुटबलप्रमीलाई खुशी बनाउने प्रयास गर्दै आफ्नो क्षेत्रमा फुटबल विकासको आधार पनि तय गर्ने कोसिस गर्नेछौं । मार्की प्लेयर, मुख्य प्रशिक्षक, गोलकिपिङ कोचको निरन्तरतासँगै एनएसएल २०२२ को प्रतिस्पर्धामा सफलता हात पार्नेमा हामी विश्वस्त छौं ।’

पहिलो संस्करणको फाइनलमा धनगढी काठमाडौं रेजर्ससँग १-० ले पराजित भएको थियो । आगामी चैत २६ देखि सुरु हुने दोस्रो संस्करणमा ३ नयाँ टिमसहित कूल १० टिमले प्रतिस्पर्धा गर्नेछन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?