
काठमाडौं । पाँचौ मुख्यमन्त्री सुदूररपश्चिम खप्तड गोल्डकपको उद्घाटन खेलमा मनाङ मर्स्याङ्दी क्लबले भारतको दिल्ली फुटबल क्लबलाई पराजित गरेको छ ।
धनगढी रंगशालामा बिहीबार भएको उद्घाटन खेलमा मनाङले एक गोलले पछि परेको स्थिति उल्टाएर दिल्लीलाई २-१ ले पराजित गरेको हो । मनाङको जितमा कप्तान अन्जन विष्ट र विमल रानाले गोल गरे । भारतीय टोली दिल्लीका लागि कृष्णले गोल गरे । जितपछि मनाङले सेमिफाइनलमा स्थान बनाएको छ ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६९औं मिनेटमा कृष्णले गोल गर्दै दिल्लीलाई अग्रता दिलाएका थिए ।
तर ७८ औं मिनेटमा कप्तान अन्जनले गोल मनाङका लागि बराबरी गोल फर्काए । त्यसको दुई मिनेटपछि नै विमल रानाले गोल गर्दै मनाङलाई २-१ को जित दिलाए ।
सुदूररपश्चिम–११ स्पोर्टस क्लब धनगढीको आयोजनामा सुरु प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले मोफसलकै सर्वाधिक पुरस्कार राशी २१ लाख प्राप्त गर्नेछ । यस्तै उपविजेताले १० लाख पाउनेछ । सर्वोत्कृष्ट खेलाडीले मोटरसाईकल पाउनेछन् भने उत्कृष्ट गोलरक्षक, डिफेन्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता र प्रशिक्षकसहित उदयमान खेलाडी र फेयर प्ले टिमले जनही नगद २५ हजार प्राप्त गर्नेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4