+
+

यो साता चलेका फिल्मको व्यापार कस्तो ?

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २० गते ११:३३

२० फागुन, काठमाडौं । पल शाह प्रकरणको प्रभाव ‘म यस्तो गीत गाउँछु २’को बक्स अफिस कलेक्सनमा देखिएको छ । निर्माण कम्पनीले पल र पूजा शर्मा स्टारर फिल्मले पहिलो साता ४ करोड ९५ लाख रुपैयाँ ग्रस कमाइ गरेको दाबी गरेको छ ।

मुलुकको मल्टिप्लेक्स चेन क्यूएफएक्सका १० हलबाट सुदर्शन थापा निर्देशित फिल्मले पहिलो सात दिनमा ८२ लाख ७७ हजार ५०० रुपैयाँ ग्रस कमाइ गरेको छ । पहिलो साता यो फिल्मलाई २३ हजार ६५० जना दर्शकले हेरेका छन् ।

नेपालगञ्जको जय बागेश्वरी मल्टिप्लेक्समा सात दिनमा पाँच हजार, सिभिल मलमा ४ हजार, नारायणगढको जल्मामा ३८ सयभन्दा बढी दर्शकले यसलाई हेरेका छन् । कमलपोखरीस्थित बिग मुभिज र बानेश्वरको वान सिनेमाजमा पनि फिल्मको व्यापार राम्रो छ ।

‘अहिलेको परिस्थितिमा यो कमाइ निकै राम्रो हो । हामीले सोचेभन्दा बढी कलेक्सन देखिएको छ,’ क्यूएफएक्सका सिस्टम एनालिटिक विभाग हेर्ने आदर्श सिग्देलले अनलाइनखबरसँग भने, ‘आगामी साता पनि यसले राम्रो कमाइलाई निरन्तरता दिन सक्छ । अन्य फिल्मले आंशिक रुपमा असर पार्न सक्ने अनुमान छ ।’

‘म यस्तो गीत गाउँछु’ आफैंमा ब्रान्डेड सिक्वेल रहेको र पल शाह प्रकरणको साइड–इफेक्टस्वरुप पनि फिल्मको व्यापारिक आँकडामा बढोत्तरी भएको अनुमान हल सञ्चालकले गरेका छन् । मिश्रित समीक्षाको बाबजुद पनि फिल्मले राम्रो कमाइ गरेपछि निर्माता र निर्देशकले दर्शकलाई धन्यवाद समेत दिएका छन् ।

पछिल्लो साता बलिउड अभिनेत्री आलिया भट्ट अभिनित ‘गंगुबाई कठियावाडीले पनि नेपाली बक्स अफिसमा सुखद् कमाइ गरेको छ । साउथ फिल्म ‘भलिमाइ’ र हलिउड फिल्म ‘अनचार्टेड’ले सन्तोषजनक कमाइ गरेका छन् । स्पाइडरम्यान फेम्ड अभिनेता टम हल्यान्ड स्टारर अनचार्टेडले चाहिं अपेक्षाकृत कमाइ गर्न सकेन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?