+
+
Shares

८ मार्चमा बुद्धबाट यात्रा गर्ने यात्रुलाई पुस्तक उपहार

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १२:३०

२२ फाुगन, काठमाडौं । अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर बुद्ध एयरले ८ मार्चको दिन २५ सय यात्रुलाई पुस्तक उपहार दिने भएको छ ।

कम्पनीले सांग्रिला बुक्ससँगको सहकार्यमा महिला लेखकले लेखेका पुस्तक हवाई यात्रुलाई उपहारका रुपमा दिन थालेको हो । यो दिन पहिलो २५ सय यात्रुले यस्तो उपहार पाउने कम्पनीका सञ्चार अधिकृत दीपेन्द्र कर्णले जानकारी दिए ।

‘हाम्रो मात्र ८ हजार भन्दा बढी यात्रु हुन्छ,’ उनले भने, ‘यसमध्ये काठमाडौं विमानस्थलबाट यात्रा गर्ने पहिलो २५ सय यात्रुले यो उपहार पाउनु हुनेछ ।’ महिला लेखकलाई प्रोत्साहन गर्न कम्पनीले यस्तो अभियान ल्याएको उनले बताए ।

यसका लागि कम्पनीले १० लाख रुपैयाँ खर्च गर्दैछ । उपहार भने महिला÷पुरुष सबै यात्रुले पाउने छन् । बुक विभिन्न लेखकका हुनेछन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?