+
+

कोभिडको जोखिम कायमै, स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयको भनाइ छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २२ गते १४:०५

२२ फागुन, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को संक्रमण दर घटे पनि जोखिम कायमै भएकाले स्वास्थ्य सम्बन्धी मापदण्ड पालना गर्न आग्रह गरेको छ । कोरोना भाइरसका नयाँ भेरियन्टहरु जन्मिन सक्ने भएकाले संक्रमणको जोखिम नटरेको मन्त्रालयको भनाइ छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. समीर कुमार अधिकारीका अनुसार सावधानी अपनाउन छाड्नाले नयाँ भेरियन्ट आउनासाथ एकैचोटी संक्रमित हुन सकिन्छ । त्यसैले अझै पनि संक्रमणको जोखिम रहेकाले सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

न्यूज एजेन्सी नेपालसँग कुरा गर्दै डा. अधिकारीले भनेका छन्, ‘विशेषत्ः अफ्रिकी महादेशमा कोभिड–१९ विरुद्धको खोपको कभरेज एकदमै कम भएको अवस्थामा संक्रमण फैलिने गरी त्यहाँ धेरै भइरहँदा नयाँ भेरियन्टहरु जन्मिनसक्ने र त्यसरी नयाँ भेरियन्ट आउँदाखेरी खोप लगाएको भएपनि, नलगाएको भएपनि, संक्रमणबाट मुक्त भएको भएपनि, नभए पनि त्यस्तो अवस्थामा संक्रमण फैलन सक्छ ।’

आगामी दिनमा हुनसक्ने सम्भावित जोखिम र संक्रमणबाट बच्नका लागि विगतमा गरिएजस्तै कडा रुपमा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने उनको जोड छ ।

जनस्वास्थ्यको मापदण्डको पालना गर्नाले कोभिड–१९ को मात्रै नभई अन्य प्रकारको संक्रामक रोगहरुबाट समेत बच्न सकिने भएकाले मापदण्ड परिपालनामा निरन्तरता दिनुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?