+
+

बहराइनमा नेपाली उत्पादनको प्रवर्द्धन

रासस रासस
२०७८ फागुन २२ गते १६:५९

२२ फागुन, काठमाडौं । बहराइनमा पश्मिना शल, चिया, हस्तकलाका सामग्रीलगायत नेपाली उत्पादनको प्रवर्द्धन गरिएको छ । मनामास्थित नेपाली दूतावासले सोही स्थानमा ती सामग्रीको हालै प्रवर्द्धन गरेको हो ।

बहराइन अधिराज्यको बालबालिका तथा मातृ कल्याण समाजको संयोजकत्वमा सञ्चालित अन्तर्राष्ट्रिय राजदूतावास मेलामा नेपालले पहिलोपटक सहभागी भएर आफ्ना उत्पादन प्रवर्द्धन गरेको उक्त दूतावासले जनाएको छ ।

कार्यक्रमका विशेष अतिथि बहराइनको राजपरिवारका सदस्य शेख लुल्वा विन्ट खलिफा अल खलिफाले नेपाल कक्षको अभिरुचिपूर्वक अवलोकन गरी पश्मिना शल तथा हस्तकलाका सामान खरिद गरेका थिए । अन्य आगन्तुकहरूले पनि नेपाल उत्पादनको प्रशंसा गर्दै चिया, पश्मिनालगायत सामग्री खरिद गरेका थिए ।

कार्यक्रममा आगन्तुकलाई नेपाल भ्रमण गर्न अभिप्रेरित गर्ने प्रवर्द्धनात्मक सामग्री पनि प्रदान गरिएको थियो ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?