
२२ फागुन, सप्तरी । विवादका कारण स्थगित भएको नेपाली कांग्रेस, सप्तरीको निर्वाचन मंगलबार हुने भएको छ ।
दुई पक्षको विवादका कारण शनिबार भएको निर्वाचन स्थगित भएको थियो । निर्वाचन समितिका अनुसार स्थगित भएको निर्वाचनस्थल परिवर्तन गर्दै मंगलबार गरिने निर्णय भएको छ ।
यसअघि रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा भएको निर्वाचन अब राजविराजस्थित पब्लिक बिन्देश्वरी माध्यमिक विद्यालयको प्राङ्गणमा हुने भएको छ ।
शनिबार ६०० मत खसिसकेको अवस्थामा संस्थापन पक्ष र संस्थापन इतर पक्षका कार्यकर्ताबीच विवाद हुँदा मतपत्रसमेत च्यातिएको थियो ।
दुई हजार ५३७ जना मतदाता रहेको सप्तरी कांग्रेसको नेतृत्वका लागि संस्थापन पक्षबाट शत्रुद्यन यादव र संस्थापनइतर पक्षबाट रामदेव साहले प्यानलसहित उम्मेदवारी दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4