+
+

रुसमा सेवा बन्द गर्ने नेटफ्लिक्सको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १२:१९
फाइल तस्वीर

२३ फागुन, काठमाडौं । स्ट्रिमिङ जायन्ट कम्पनी नेटफ्लिक्सले रुसमा आफ्नो सेवालाई बन्द गरेको छ । भेराइटी म्यागजिनका अनुसार युक्रेनमाथि आक्रमणको विरोधमा रुसविरुद्ध नेटफ्लिक्सले यस्तो कदम चालेको हो ।

‘त्यहाँको धरातलीय यथार्थलाई ख्यालमा राख्दै हामीले रुसमा हाम्रो सेवालाई प्रतिबन्ध लगाउने निर्णय गरेका छौं,’ नेटफ्लिक्सका प्रवक्ता एमिली फेइनगोल्डले भने ।

साथै, रुसमा सबै ‘कन्टेन्ट’ उत्पादन र त्यहाँका फिल्मको अधिकार खरिद गर्ने कार्य पनि स्थगित गरिएको नेटफ्लिक्सले जनाएको छ । नेटफ्लिक्सले अहिले चारवटा रुसी कम्पनीसँग मिलेर काम गरिरहेको थियो ।

ब्लुमबर्ग म्यागजिनका अनुसार अहिले रुसमा नेटफ्लिक्सका १० लाख सब्सक्राइबर छन् । रुसमा सेवा प्रतिबन्ध लगाउने नेटफ्लिक्स अर्को अमेरिकी कम्पनी हो । यसअघि हलिउड कम्पनीहरु डिज्नी, सोनी, प्यारामाउन्ट, युनिभर्सल स्टुडियोले पनि रुसमा फिल्म प्रदर्शन नगर्ने निर्णय गरिसकेका छन् ।

यसैबीच, सामाजिक सञ्जाल टिकटकले पनि रुसले लागु गरेको ‘फेक न्युजविरुद्ध’को कानुनको विरोधमा नयाँ भिडियो पोस्ट गर्न लाइभ स्ट्रिमिङमा रोक लगाएको छ । चिनियाँ एप टिकटकले चाहिं रुस-युक्रेन संकटका कारण यस्तो कदम चालेको भने होइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?