+
+

जब सुटिङ सेटमा अमिताभ बच्चनले पहिरिए नेपाली ढाकाटोपी

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १३:००

२३ फागुन, काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चन नेपाल भनेपछि हुरुक्कै हुन्छन् । नेपालप्रति उनको सदासयता विभिन्न अवसरमा देख्न सकिन्छ । भूकम्पछि उनले नेपालीको पीडामा मल्हम लगाउन लामो ब्लग पनि लेखेका थिए ।

अमिताभका पिता हरिवंश राय बच्चन कुनैबेला नेपालका लागि भारतीय राजदूत समेत थिए । बुबाको काठमाडौंको पोस्टिङको बेलादेखि अमिताभमा नेपालप्रति विशेष लगाव छ ।

गएराति अमिताभले इन्स्टाग्राममा नेपाली ढाकाटोपी लगाएको तस्वीर सेयर गर्दै नेपाली प्रशंसकको मन जित्ने प्रयास गरेका छन् । ‘केटीको केटीको’ क्याप्सनसहित उनले नृत्य गर्न लागेको तस्वीर सेयर गरेका हुन् ।

अहिले नेपालसँग सीमा जोडिएको भारतको उत्तराखण्डमा छायांकन भइरहेको बलिउड फिल्म ‘उचाइ’को सुटिङ सेटमा अमिताभले नेपाली ढाकाटोपी लगाएको हुनसक्ने अनुमान गरिएको छ ।

केही महिना पहिले नेपालमै सुटिङ भएको यो फिल्मको बाँकी छायांकन नेपालीभाषी बहुल उत्तराखण्डमा छायांकन भइरहेको छ । स्वास्थ्य अवस्थाको कारण नेपाल आउन नसकेपनि उत्तराखण्डमा चाहिं अमिताभ पुगेका हुन् । सुरज वर्जत्यको निर्देशन रहेको यो फिल्ममा अनुपम खेर, बोमन इरानी लगायतको समेत अभिनय छ । तर तस्वीरमा चाहिं अमिताभले फिल्मबारे खुलाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?