
२३ फागुन, काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजनालाई महानगरीय प्रहरी अपराध महाशाखा काठमाडौंको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पचरौता नगरपालिका-८ बारा घर भई काठमाडौको महाराजगञ्ज बस्ने ५३ वर्षीय राम एकवाल चौधरी छन् ।
प्रहरीका अनुसार उच्च अदालत ललितपुरले २०७७ फागुन २१ गते ८ लाख ७५ हजार रुपैयाँ जरिवाना र ४ दिन कैद सजाय हुने फैसला गरेको थियो ।
उनलाई आइतबार पक्राउ गरी फैसला कार्यान्वयनका लागि सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरिएको महाशाखाका प्रवक्ता तथा एसपी कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4