+
+

एनएसएलका लागि धनगढीले ट्यालेन्ट हन्ट गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १८:५९
धनगढी एफसीका मार्की प्लेयर विशाल राई

२३ फागुन, काठमाडौं । साविक उपविजेता धनगढी एफसीले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलका लागि २५ फागुनमा ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गरेको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने एनएसएलको दोस्रो संस्करण २५ चैतमा सुरु हुँदैछ । त्यसका लागि सुदूरपश्चिम क्षेत्रका प्रतिभावान खेलाडी छनोट गर्ने उद्देश्यले ट्यालेन्ट हन्ट प्रतियोगिता आयोजना गरिएको क्लबले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।

ट्यालेन्ट हन्ट प्रतियोगिता धनगढीको फाप्ला मैदानमा हुनेछ । ट्यालेन्ट हन्टमा धनगढी एफसीका मुख्य प्रशिक्षक युगलकिशोर राई र मार्की प्लेयर विशाल राई पनि सहभागी हुनेछन् ।

यो प्रतियोगिताबाट धनगढी एफसीले एक जना खेलाडी नेपल सुपर लिगमा खेलाउनेछ । त्यसबाहेक उत्कृष्ट प्रतिभावान तीन जना खेलाडीलाई सुदूरपश्चिमकै प्रतिष्ठान एसपीए क्याम्पसमा छात्रवृत्ति समेत प्रदान गर्नेसमेत क्लबले जनाएको छ ।

गो ड्रिमर्स प्रालिको स्वामित्वमा रहेको हाम्रो धनगढी एफसीले ‘मार्की प्लेयर’ मा राष्ट्रिय टिमका मिडफिल्डर विशाल राई र मुख्य प्रशिक्षकमा युगल किशोर राईलाई निरन्तरता दिएको हो ।

यस्तै गत शुक्रबार भएको अक्सनबाट धनगढीले १५ खेलाडी पनि अनुबन्ध गरिसकेको छ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?