+
+

सात युक्रेनी फिल्म निर्देशकको आग्रह : रुसी संस्कृति र फिल्मलाई एक्ल्याऔं

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २३ गते १९:०४

२३ फागुन, काठमाडौं । सात जना युक्रेनी फिल्ममेकरले युक्रेनमाथिको आक्रमणविरुद्ध रुसलाई एक्ल्याउन र राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध कदम चाल्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

रुसी आक्रमण भइरहेको किभबाट हलिउड रिपोर्टरसँग कुरा गर्दै ती फिल्म निर्देशकले रुसविरुद्ध एक हुन आग्रह गरेका हुन् । यस्तो आग्रह गर्नेमा निर्देशकहरु मार्याना गोर्वाच, नरिमान एलिएभ, भ्यालेन्टिन भास्यानोभिक, एन्टोनियो लुकिच, रोमन बोन्डारचक, एलिना गोरलोभा र डार्या बसेल छन् ।

लुकिचले युद्ध क्षेत्रबाट आफ्नो परिवारलाई उद्धार गर्ने क्रममा केही फुटेज र सामग्रीलाई त्यहीं छाडेको बताएका छन् । ‘हामीले दुई वर्षदेखि प्रोजेक्टको लागि काम गर्दै आइरहेका थियौं । हामीले किभ, लुब्नी र लक्जेम्बर्गमा सकेसम्म राम्रोसँग सुटिङ गर्‍यौं । मैले सुटिङको त्यो फुटेजलाई सुरक्षित ठाउँसम्म लैजान सकिनँ ।’

रुसी आक्रमणमा ती फुटेजहरु ध्वस्त नहुने आशा आफूले राखेको उनले बताए । ‘मेरो लागि अहिले फिल्मभन्दा अरु कुराले अर्थ राख्छ,’ हलिउड रिपोर्टरसँग उनले भने ।

उनले रुसी फिल्म र संस्कृतिलाई पूर्णरुपमा बहिष्कार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह समेत गरे । कान्समा प्रदर्शन भएको सन् २०१९ को फिल्म ‘होमवार्ड’ निर्देशक समेत रहेका एलिभले मस्को समर्थक प्रपोगान्डा संस्कृति रुसले युक्रेनमा प्रहार गरिरहेका बमभन्दा खतरनाक भएको बताए ।

उनले लेखेका छन्, ‘यतिबेला रुसी फिल्म र संस्कृतिलाई बहिष्कार गर्नु भनेको कट्टरपन्थी राज्यबाट प्रपोगान्डाको विश्वलाई सफाया गर्नु हो ।’ युरोपेली फिल्म एकेडेमीले पनि गत साता रुसी फिल्मलाई बहिष्कार गर्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेको थियो । एकेडेमीको उक्त आग्रहलाई प्रतिष्ठित फेस्टिभलहरु कान्स र भेनिसले पनि पछ्याएका छन् । यी दुवै फिल्म फेस्टिभलले रुसी डेलिगेसन र फिल्मलाई अस्वीकार गर्ने समेत निर्णय गरेका छन् ।

नेटफ्ल्क्सिसहित हलिउड स्टुडियोहरु डिज्नी, सोनी, प्यारामाउन्ट, युनिभर्सल, वार्नर ब्रोजले पनि रुसमा फिल्म प्रदर्शन नगर्ने निर्णय गरेका छन् । नेटफ्ल्क्सिले त अनिश्चितकालसम्म रुसमा सेवा बन्द गर्ने सोमबार घोषणा गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?