+
+

खडेरीका कारण इथियोपियामा आठ लाख ४५ हजार मानिस विस्थापित

रासस/सिन्ह्वा रासस/सिन्ह्वा
२०७८ फागुन २५ गते १३:१९

२५ फागुन, काठमाडौं । इथियोपियामा खडेरीका कारण ठूलो संख्याका नागरिक विस्थापित भएका छन् । साथै यहाँका लाखौँ पशु चौपाया पनि मरेको बताइएको छ ।

संयुक्त राष्ट्रसंघले सो कुराको जानकारी दिएको हो । संयुक्त राष्ट्रसंघका अनुसार यहाँका ८ लाख ४५ हजार मानिस विस्थपित भएका छन् । उनीहरू खडेरीका कारण खाद्यान्न खोज्ने क्रममा विस्थापित हुन पुगेका संयुक्त राष्ट्रसंघले जनाएको छ ।

राष्ट्रसंघीय प्रवक्ता स्टेफान डुजारिकले इथियोपिया सरकारले यसका लागि काम त गरिरहेको तर पनि नागरिकहरू विस्थापित हुने र त्यहाँबाट खाद्यान्न र आश्रयका लागि अन्यत्रै जान लागेका बताए । उनले यहाँका १५ लाखभन्दा बढी पशु चौपाया पनि मरेको जानकारी दिएको छ । संयुक्त राष्ट्रसंघीय मानवीय सहायतासम्बन्धी एजेन्सीले काम गरिरहेको तर आवश्यक मात्रामा उनीहरुलाई सहयोग पुर्‍याउन नसकिएको पनि राष्ट्रसंघले जनाएको छ ।

साथै संयुक्त राष्ट्रसंघले यहाँका कतिपय स्थानमा मानवीय सहायता वितरण भइरहेको भए पनि सो पर्याप्त नभएको बताएको छ । इथियोपियाका अधिकांश क्षेत्रमा खडेरीको प्रभाव परिररहेको भन्दै यहाँका ४० लाखभन्दा बढी नागरिक प्रभावित भएको पनि बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?