+
+

पीडितको चरित्र हत्या आरोपमा २ युट्युबर पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १६:१२

२५ फागुन, काठमाडौं । युट्युब च्यानलमा गम्भीर प्रकृतिको अपराध अनुसन्धानको प्रक्रियालाई प्रभावित पार्ने गरी पीडितको चरित्रहत्या गर्ने भिडियो प्रसारण गरेको आरोपमा प्रहरीले दुई जना युट्युबरलाई पक्राउ गरेको छ ।

प्रहरीको साइबर ब्युरोको टोलीले मिडिया नेपाल नामक युट्युब च्यानलका सञ्चालक नागार्जुन नगरपालिका-८ भीमढुंगाका ५३ वर्षीय हरि उदासी भन्‍ने हरि परियार र विशाल नेपाल युट्युब च्यानलका राइनास नगरपालिका ३ घर भइ तारकेश्वर नगरपालिका- ४ शेषमती बस्‍ने २७ वर्षीय निशासन चिलवाललाई बुधबार पक्राउ गरेको हो ।

उनीहरुले ती युट्युब च्यानलमार्फत पीडितको मानमर्दन र चरित्रहत्या हुने गरी सामग्री प्रसारण गरेको उजुरी परेको ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले बताए ।

पक्राउ परेका दुई जनामाथि जिल्ला अदालत काठमाडौंबाट ७/७ दिन म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको ब्युरोले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?