+
+

नेपाली ढाकाटोपी लगाएर अनुपम खेरले मनाए ६७ औं जन्मदिन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १७:०६

२५ फागुन, काठमाडौं । बलिउड अभिनेताहरु अमिताभ बच्चन, अनुपम खेर, डेनी डोनजोङ्पा र बोमन इरानीले नेपाली ढाकाटोपी लगाएको तस्वीर यतिबेला सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

अमिताभ र बोमनले इन्स्टाग्राममा यी तस्वीर पोस्ट गरेपछि नेपाली प्रशंसकहरुले व्यापक सेयर गरिरहेका छन् । मुम्बईको मध आइल्याण्डमा सेट निर्माण गरेर छायांकन भइरहेको फिल्म ‘उचाइ’को सेटबाट यी तस्वीर सेयर भएका हुन् ।

उक्त सेटमै अनुपमले मार्च ७ मा आफ्नो ६७ औं जन्मदिन मनाएका छन् । अनुपमले इन्स्टाग्राममा पोस्ट गरेको भिडियोमा चारैजना अभिनेताले नेपाली ढाकाटोपी लगाएर जन्मदिन मनाएको देखिन्छ ।

भिडियोमा क्याप्सनमा खेरले लेखेका छन्, ‘मेरा लागि यो जन्मदिन अहिलेसम्मकै उत्कृष्ट र स्वप्न बर्थडे पनि हो ।’ बर्थडेलाई स्मरणीय गराइदिएकोमा उनले अमिताभ, बोमन, डेनी र निर्देशक सुरज वर्जत्यप्रति आभार जनाएका छन् ।

बर्थडे नोटमा अनुपमले आफ्नो फिटनेसलाई लिएर फ्यानलाई केही सम्बोधन पनि गरेका छन् । ‘३७ वर्षअघि तपाईंले यस्तो ठिटोलाई भेट्नुभएको थियो, जसले सुरुमै ६५ वर्ष उमेरको वृद्धको भूमिका चित्रण गरेको थियो । मेरो करिअरभरि मैले अभिनेताको रुपमा सिर्जनाका सबै उपाय अपनाउन प्रयास गरें,’ उनले लेखेका छन् ।

फिल्म ‘उचाइ’को छायांकन नेपालका सोलुखुम्बुको लुक्ला, काठमाडौं र मनाङको चामेमा समेत भएको थियो । यो फिल्मको अहिले मुम्बईमै सेट निर्माण गरेर छायांकन भइरहेको छ ।

 

View this post on Instagram

 

A post shared by Anupam Kher (@anupampkher)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?