+
+

कमल थापाले तोके १० विभागको प्रमुख

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २५ गते १८:२९

२५ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले १० वटा विभाग गठन गरेको छ । राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको पदाधिकारी बैठकले १० जनालाई विभागको जिम्मेवारी दिएको हो ।

जसअनुसार अध्यक्ष कमल थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिको प्रमुखको जिम्मेवारी दिएको छ । आर्थिक विभाग प्रमुखमा उद्धव पौडेल, नीति तथा अनुसन्धान विभाग प्रमुखमा डा. विष्णु भण्डारी, सचिवालय प्रमुखमा भास्कर भदा, प्रशिक्षण तथा स्थानीय निकाय प्रमुखमा सुशिलकुमार श्रेष्ठ छन् ।

त्यस्तै, कार्यक्रम तथा व्यवस्थापन विभागको प्रमुखमा ईन्द्र चित्रकार, संगठन विभाग प्रमुखमा राजराम बर्तौला, प्रचार विभाग प्रमुखमा सुरेश आचार्य, महिला विभागको प्रमुखमा ममता राई र सहकारी संस्था समन्वय विभागको प्रमुखमा राजकुमार खड्का छन् ।

साथै, चैत महिनाभित्र विभिन्न जिल्ला र स्थानीय तहमा प्रशिक्षण सञ्चालन गर्ने , घरदैलो कार्यक्रम गर्ने र अबको २१ दिनभित्र कार्यसमिति गठन भइसकेका जिल्लाको भेला गर्ने निर्णय गरेको छ ।

राप्रपा नेपालले सबै प्रदेश, जिल्ला र पालिका तथा भ्रातृ संगठन बिस्तारलाई तीन महिनाभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?