+
+

अदालतको आदेशपछि रोकियो ‘कश्मीर फाइल्स’को प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १२:४१

२७ फागुन, मुम्बई । विवेक अग्निहोत्रीले निर्देशन गरेको बलिउड फिल्म ‘द कश्मीर फाइल्स’ शुक्रबार रिलिज हुने तयारीमा थियो । तर अन्तिम समयमा फिल्मको प्रदर्शन स्थगित भएको छ ।

बलिउड हंगामाका अनुसार कश्मीरका नेता रवि खन्नाकी पत्नी सालिनीले आफ्ना पतिलाई फिल्ममा गलत तरीकाले चित्रण गरेको भन्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् । उनले यो फिल्म मार्च ४ मा प्रिमियरमा हेरेकी थिइन् ।

अदालतले फिल्म र यसको ट्रेलरमा प्रस्तुत गरिएका शहीद रवि खन्नाका बारेमा गलत तथ्य र कतिपय दृश्यलाई हटाएर मात्र रिलिज गर्न आदेश दिएको छ । रविकी पत्नी सालिनीले फिल्ममा प्रस्तुत गरिएका तथ्य पूर्णरुपमा गलत रहेको बताउँदै त्यसलाई रोक्न माग गर्दै अदालतमा मुद्दा दायर गरेकी थिइन् ।

२५ जनवरी १९९० को घटनामा मारिएका शहीदको कथालाई लिएर ‘द कश्मीर फाइल्स’ निर्माण गरिएको हो ।

यो फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, दर्शन कुमार र पल्लवी जोशीको मुख्य भूमिका छ । फिल्मले कश्मीरमा भएका घटनामा कश्मीरी पण्डितहरु कसरी पीडित थिए भन्ने देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?