
काठमाडौं । सानिमा बैंकले मोबाइल बैंकिङ एप ‘सानिमा सजिलो इबैंकिङ’मा सफलतापूर्वक नेपाल पे क्यूआर समायोजन गरेको छ ।
सजिलो इबैंकिङ प्रयोगकर्ताहरुले अब नेपाल पे क्यूआरबाट सजिलै क्यूआर स्क्यान गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् ।
बैंकले नेपाल पे क्यूआरको क्यूआर आधारित कारोबारका लागि एनसीएचएलसँग सहकार्य गर्नेछ । यस सहकार्यले नेपालमा डिजिटल भुक्तानी प्रणालीलाई प्रोत्साहन गर्दै डिजिटल कारोबार बढाउने अपेक्षा बैंकले गरेको छ ।
सानिमा बैंकको देशका सातै प्रदेशमा १२४ कार्यालय र १११ वटा एटीएम सञ्चालनमा रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4