+
+

कर्णाली प्रदेशका सांसद विष्टले छाडे माओवादी केन्द्र

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १८:३९

२७ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशसभाका सांसद ठम्मरबहादुर बिष्टले पार्टी परित्यागको घोषणा गरेका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलनका आयोजना गर्दै सांसद बिष्टले आफ्नो पार्टी माओवादी केन्द्रले पार्टीको सिद्धान्त र मूल्यमान्यता विपरित संसदबाट एमसीसी पारित गरेकाले माओवादी केन्द्र परित्याग गरेको बताए ।

उनले पार्टीको जिम्मेवारीसहित कर्णाली प्रदेशसभा सदस्यबाट समेत राजीनामा दिएका छन्। पार्टी नेतृत्वले एमसीसीको सम्बन्धमा कार्यकर्तालाई बिरोधमा सडकमा उतार्ने र आफूले पर्दा पछाडि अनेक खालका चलखेल गरेको उनको आरोप छ ।

रचनात्मक आलोचनामार्फत पार्टीलाई रुपान्तरण गर्न हदैसम्म प्रयास गर्दापनि सफल हुन नसकेको उनले बताए । ‘हामीले विरोध पनि गरिराख्ने, भत्तापनि खाइराख्ने, गाडी पनि चढिराख्ने यस्तो गरिराख्नु हुँदैन । त्यसैले यो सबै कुराहरुबाट मैले राजीनामा दिनुपर्छ,’ उनले भने, ‘त्यसकारण देश, जनताभन्दा मेरो पद कुनै ठुलो कुरा होइन, त्यो शोभनिय हुँदैन । कालान्तरमा जनताले कुनै बेला विश्वास गरेछन् भने आउँला । त्यसैले राजीनामाको निर्णय भयो ।’

उनले कर्णाली प्रदेशमा पार्टीले आसेपासे र सरकारमा पहुँचको आधारमा साधन, स्रोत र बजेटको दोहन गरेकाले पनि प्रदेश सभामा बस्न उचित नलागेको बताएका छन् ।

माओवादी केन्द्रले पार्टीको चेन अफ कमान्डको नाममा संसदीय दलको अधिकार क्षेत्रलाई समेत हस्तक्षेप गर्ने गरेको विष्ठको दाबी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?