+
+

‘ब्युटी विथ ब्रेन’ सुरक्षा (मोडल वाच)

अनलाइनखबर अनलाइनखबर
२०७८ फागुन २७ गते १९:१९

२७ फागुन, काठमाडौं । सन् २०१५ मा प्रदर्शन भएको फिल्म ‘अझै पनि’बाट अभिनय यात्रा थालेकी सुरक्षा पन्त बौद्धिक अभिनेत्रीको रुपमा पनि चिनिन्छिन् । सन् २०१९ को फिल्म ‘आमा’ उनको करिअरकै उत्कृष्ट फिल्म हो । पेसाले इन्जिनियर समेत रहेकी सुरक्षा केही राष्ट्रिय र अन्तर्राष्ट्रिय इन्जिनियरिङ परियोजनामा समेत संलग्न छिन् ।

आलोक नेम्बाङ निर्देशित ‘अझै पनि’ले बक्स अफिसमा खासै राम्रो गर्न नसकेपनि उनको अभिनयले प्रशंसा बटुलेको थियो । दीपेन्द्र के खनाल निर्देशित ‘धनपति’ले उनको करिअरलाई अझै उचाइमा पुर्‍यायो । फिल्म मात्र नभएर नाटकमा समेत उनी सक्रिय छिन् । पछिल्लो समय केही म्युजिक भिडियोमा पनि उनी देखिएकी छन् ।

समसामयिक राजनीतिक र सामाजिक मुद्दामा समेत चासो राख्ने सुरक्षा बेलाबखत यस्ता मुद्दामा धारणा राख्छिन् । केही टेलिभिजनमा प्रस्तोताको अनुभव समेत उनीसँग छ । कर्णालीमा छायांकन गरिएको फिल्म ‘बुलाकी’ उनको रिलिजको तयारीमा रहेको फिल्म हो ।

तस्वीर : शंकर गिरी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?